काठमाडौँ- धनगढीमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेल सुरु हुँदैछन्। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको हो।
आजको पहिलो खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन्। डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडीहरु मैदान उर्तिने छन्। फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमको सहभागिता रहेको छ। दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह ए मा डीसीए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन्।
यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराइजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी २० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।