समाजवादीले बोलायो माघ २८ मा स्थायी कमिटी बैठक

हिमाल प्रेस १९ माघ २०८१ ६:२८
4
SHARES
समाजवादीले बोलायो माघ २८ मा स्थायी कमिटी बैठक फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै संगठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ।

राजनीतिक प्रतिवेदन, आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने बैठकमा सबै जनवर्गीय संगठनका कार्य प्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिने छ। केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। यही माघ २९ गते पोलिटब्यूरो बैठक बस्ने कार्यसूची छ। रासस

प्रकाशित: १९ माघ २०८१ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast