१९ माघको राशिफल : मेषलाई यात्रा मौका मिल्ने, मिथुनको स्वास्थ्यमा सुधार आउने

हिमाल प्रेस १९ माघ २०८१ ६:१३
452
SHARES
१९ माघको राशिफल : मेषलाई यात्रा मौका मिल्ने, मिथुनको स्वास्थ्यमा सुधार आउने

मेष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाइसँग मन प्रसन्न रहनेछ ।

वृष
व्यापार ब्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। ब्यापार ब्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।

सिंह
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ।

कन्या
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

तुला
सोचेको आटेको कामहरु बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ। ब्यापार ब्यवसायबाट लाभ मिल्नेछ ।

धनु
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मकर
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

कुम्भ
सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

मीन
साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रशस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

प्रकाशित: १९ माघ २०८१ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast