नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता हुने

हिमाल प्रेस ३ भदौ २०८३ २१:०२ | Wednesday, August 19, 2026
4
SHARES
नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता हुने

काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९ औँ वर्षको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कम्पनीले दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो।

७९ औँ वार्षिकोत्सवको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गरिने कम्पनीले जनाएको छ।

प्रतियोगितामा नेपाल बिमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बिमा, निर्जीवन बिमा, लघु बिमा तथा पुनर्बिमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहनेछ।

‘प्रोटेक्टिङ एभरी रिस्क, सेलिब्रेटिङ एभरी गोल’ भन्ने नाराका साथ आयोजा हुन लागेको यस प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बिमा क्षेत्रमा आवद्ध कर्मचारीबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ्य जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा प्रथन र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस प्रतियोगिताको पहिलो संस्करणमा बिमा क्षेत्रका विभिन्न संस्थाहरुबाट उत्साहजनक सहभागिता रहेको थियो। त्यही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाली बिमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बिमा, निर्जीवन बिमा, लुघबिमा तथा पुनर्बिमा कम्पनीहरुको सहभागिता रहने कम्पनीले अपेक्षा गरेको छ।

प्रकाशित: ३ भदौ २०८३ २१:०२ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast