प्रवासी कामदारको हित र अधिकारका लागि सरकार प्रतिबद्ध छ : भण्डारी

हिमाल प्रेस १८ माघ २०८१ २१:४२ | Friday, January 31, 2025
प्रवासी कामदारको हित र अधिकारका लागि सरकार प्रतिबद्ध छ : भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी।

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली प्रवासी कामदारहरूको हित र अधिकारको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।

साउदी अरबको रियादमा आयोजिन विश्व लेबर मार्केट सम्मेलनको दोस्रो संस्करणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री भण्डारीले विश्वव्यापी श्रम बजारमा नेपालको बढ्दो भूमिकामाथि जोड दिए।

सम्मेलनमा लगातार दुई वर्ष नेपालको सक्रिय सहभागिता रहेको बताउँदै उनले यस्तो सहभागिताले श्रम नीतिहरूलाई आकार दिन र श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा साउदीस्थित नेपाली राजदूत डा.नरेशविक्रम ढकालले दूतावासले आफ्ना सेवाहरू अभिवृद्धि गर्न गरेका पहलहरूबारे जानकारी गराएका थिए।

उनले साउदी अरबमा रहेका नेपाली कामदारहरूका लागि दूतावासका तर्फबाट उपलब्ध गराइने सेवाहरूको प्रभावकारिता र पहुँच बढाउने उद्देश्यले गरिएका कामबारे जानकारी गराए।

कार्यक्रमका सहभागीहरूले कामदारहरूले सामना गरिरहेको कठिनाई, प्रवासन, निस्कासन भिसा, महिला श्रमिकहरूको स्थिति, तलबसम्बधी समस्याबारे जिज्ञासा राखेका थिए।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, राजनीतिक दलहरूका सहयोगी संगठन, सामाजिक संगठनका प्रतिनिधिहरू सहभागित थिए।

प्रकाशित: १८ माघ २०८१ २१:४२ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast