थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

हिमाल प्रेस १८ माघ २०८१ १६:१५ | Friday, January 31, 2025
थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

काठमाडौँ– राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन्। त्यस्तै आरिस विलिङले २८ रन जोडिन्।

बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन्। उक्त सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १८ माघ २०८१ १६:१५ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast