‘लाज शरणम’को टिजर सार्वजनिक

हिमाल प्रेस १७ माघ २०८१ १३:५६ | Thursday, January 30, 2025
‘लाज शरणम’को टिजर सार्वजनिक

काठमाडौँ- जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को टिजर सार्वजनिक भएको छ। फिल्म शिवरात्री अवसरमा १४ फागुनमा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।

टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन्। टिजरमा एक युवक विदेश जाने तयारीमा रहेको कथा देखाइएको छ। त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढ्छ। वैदेशिक रोजगार र युवाको श्रमशक्तिको केन्द्रमा फिल्म निर्माण भएको बुझिन्छ।

कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकार पनि देखिनेछन्।

फिल्ममा मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सहनिर्माताको रूपमा छन्। सुदीप बरालले छायांकन गरेका हुन्।

प्रकाशित: १७ माघ २०८१ १३:५६ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast