दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

हिमाल प्रेस १६ माघ २०८१ १९:०१ | Wednesday, January 29, 2025
दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु प्रतिकात्मक तस्बिर

काठमाडौँ– दक्षिण सुडानमा विमान दुर्घटना भएको छ। दुर्घटनामा परी २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले जानकारी दिएका छन्।

राजधानी जुबाका लागि उडेको विमान करिब १० : ३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो।

‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो। विमानमा २१ जना सवार थिए। अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,’ गतवेच विपालले बताए।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित गरेको उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए।

उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए।

प्रकाशित: १६ माघ २०८१ १९:०१ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast