अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार ठगेका थिए।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
यसैबीच, अनलाइन जुवा खेलाएको अभियोगमा रामेछाप खाँडादेवी गाँउपालिका-९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन्।
उनीहरूले हालसम्म दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्युटर, ५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ। उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ।