राजीव थापाकाे कथामा फिल्म निर्देशन गर्दै मिलन चाम्स

हिमाल प्रेस १४ माघ २०८१ १६:४२
16
SHARES
राजीव थापाकाे कथामा फिल्म निर्देशन गर्दै मिलन चाम्स

काठमाडौँ- मिलन चाम्सले नयाँ फिल्म बनाउने भएका छन्। लभस्टोरी जनरामा बन्ने फिल्मको कथा राजीव थापाले लेखेका हुन्। फिल्ममा कलाकार र प्राविधिक टिम छनोटको कार्य भइरहेको निर्देशक चाम्सले बताए।

फिल्मकाे नाम सार्वजनिक भएकाे छैन। केही दिनमा शीर्षक घाेषणा गर्ने टिमकाे तयारी छ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ। फिल्मको छायांकन आगामी अगस्टमा लण्डन र नेपालमा हुने निर्माण टिमले जनाएको छ।

चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ मा प्रदर्शन हुँदैछ। यसअघि चाम्सको निर्देशनमा ‘गोर्खा वारियर’, ‘वीर विक्रम’ ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’ र ‘बबी’ फिल्म प्रदर्शन भइसकेको छ।

 

प्रकाशित: १४ माघ २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast