पाकिस्तान घरेलु मैदानमा ३४ वर्षपछि वेस्टइन्डिजसँग पराजित

हिमाल प्रेस १४ माघ २०८१ १५:३९ | Monday, January 27, 2025
पाकिस्तान घरेलु मैदानमा ३४ वर्षपछि वेस्टइन्डिजसँग पराजित

काठमाडौँ- वेस्टइन्डिजले दोस्रो टेस्ट म्याचमा पाकिस्तानलाई १२० रनले पराजित गरेको छ। वेस्टइन्डिजले ३४ वर्षपछि पाकिस्तानलाई उसको घरेलु मैदानमा टेस्ट म्याचमा पराजित गरेको हो।

वेस्टइन्डिजले यसअघि पाकिस्तानलाई १९९० मा पराजित गरेको थियो।

वेस्टइन्डिजले दोस्रो इनिङमा एक घण्टाभित्रै पाकिस्तानको ६ विकेट निकालेको थियो। मोहम्मद रिजवान र सलमान आगाबाहेक पाकिस्तानका अन्य कुनै ब्याटर वेस्टइन्डिजका बलरसामु टिक्न सकेनन्।

मुल्तानमा भएको दोस्रो टेस्टमा वेस्टइन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो इनिङमा वेस्टइन्डिज १६३ रनमा अलआउट भएको थियो। जवाफमा पाकिस्तानले १५४ रन बनाएको थियो।

दोस्रो इनिङमा पाकिस्तानले २४४ रन बनायो। तर, पाकिस्तान १३३ रन बनाएर अलआउट भयो।

वेस्टइन्डिजका जोमेल वेरिकेनले ९ विकेट लिए। उनले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा पाँच विकेट लिएका थिए। उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रकाशित: १४ माघ २०८१ १५:३९ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast