लालिगामा बार्सिलोनाको सानदार ‘कमब्याक’

हिमाल प्रेस १४ माघ २०८१ ६:५७ | Monday, January 27, 2025
लालिगामा बार्सिलोनाको सानदार ‘कमब्याक’

काठमाडौँ- स्पेनिस लालिगामा बार्सिलोनाले सानदार कमब्याक गरेको छ। पछिल्ला खेलमा संघर्ष गरिरहेको बार्सलोनाले आइतबार राति भ्यालेन्सियामाथि सानदार जित निकाल्दै कमब्याक गरेको हो। बार्सिलोनाका लागि फर्मिन लोपेजले दुई गोल गर्नुका साथै दुई एसिस्ट गरेपछि भ्यालेन्सियासँग ७-१ ले विजयी भएको हो।

दोस्रो मिनेटमा नै फ्रान्क डी जोंगले बटम कर्नरमा प्रहार गर्दै शानदार गोल गरेका थिए। त्यसको पाँच मिनेटपछि नै फर्नान टोरेसले अर्को गोल थपे।

राफिन्हाले खाली पोस्टमा गोल गरेपछि बार्सिलोना १४ औँ मिनेटमा तेस्रो गोलको अग्रता लिन सफल भएको थियो। फर्मिन लापेजले २४ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।

खेल सकिन ३० मिनेट बाँकी रहँदा डिएगो लोपेजको क्रसमा हुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे। त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्ट लेडवास्कीले गोल गरे।

यो सिजनको लिगमा उनले बार्सिलोनाका लागि १७ औँ गोल गरेका हुन्। बार्सिलोनाको अन्तिम गोल सेसर टारेगाले गरे। बार्सिलोनाले लिगमा यसअघि सन् २०२४ को अगस्टमा रियल भालाडोलिडलाई ७-० ले हराएको थियो।

अन्य खेलमा रायो भाल्कानोले गिरोनालाई २-१ ले हरायो भने गेटाफेले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। एथलेटिक क्लब र लेगानेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तालिकाका रियल म्याड्रिड ४९ अंकसहित पहिलो स्थानमा छ भने एथलेटिको म्याड्रिड ४५ अंकसहित दोस्रो तथा बार्सिलोना ४२ अंकसहित तेस्रो स्थानमा छन्।

प्रकाशित: १४ माघ २०८१ ६:५७ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast