४० अर्ब तान्दै राष्ट्र बैंक

हिमाल प्रेस १३ माघ २०८१ ११:३१ | Sunday, January 26, 2025
४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम तान्ने भएको छ। बैंकिङ तरलता खिच्न बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रुपैयाँ तान्न लागेको केन्द्रीय बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्र बैंकले माघ १३ गते मध्याह्न २ बजे बोलकबोलमार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न पाउनेछन्। यसबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिनेछ। साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक फागुन ४ गते हुनेछ।

ब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ। त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।

प्रकाशित: १३ माघ २०८१ ११:३१ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast