प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको उपाधि एपीएफलाई

हिमाल प्रेस १२ माघ २०८१ १४:१० | Saturday, January 25, 2025
प्रधानमन्त्री कप महिला टी २० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले चुमेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ६८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। एपीएफले सोही लक्ष्य एक विकेटको क्षतिमा १४ औँ ओभरमा पूरा गर्‍यो। एपीएफको जितका लागि एपीएफका लागि ओपनर ममता चौधरीले ४३ रन र कप्तान इन्दु बर्माले अविजित रहँदै १८ रन बनाए।

सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो। मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन्। कप्तान विन्दु रावलले १७ रन बनाइन्। एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन्। सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन्। इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन्। करुणा भण्डारीले १ विकेट लिइन्।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो। एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो। इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।

 

प्रकाशित: १२ माघ २०८१ १४:१० | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast