यो सरकारको काम नै विकासलाई गति दिनु हो : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ११ माघ २०८१ १७:४४
18
SHARES
यो सरकारको काम नै विकासलाई गति दिनु हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणकाे कामलाई गति दिन वर्तमान सरकार बनेकाे बताएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु उनले यस्ताे बताएका हुन्। उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गकाे ब्रेक थ्रुपछि साे क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै उनले अहिलेकाे सरकारकाे मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेकाे बताए। राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेकाे उनकाे भनाइ थियाे।

‘याेजनाहरू राम्राे भएपनि राजनीति स्थीरता नहुँदा काम समयमा नसकिने र काममा व्यबधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिकाे आवश्यकताअनुसार कांग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेकाे छ,’ उपप्रधानमन्त्री सिंहले भने,’दुई ठूला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएकाे कारणले गर्दा राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेकाे छ।’

उपप्रधानमन्त्री सिंहले विकास निर्माणकाे काममा जनताकाे सहभागिता र स्विकार्यता आवश्यक पर्नेमा पनि जाेड दिए।

प्रकाशित: ११ माघ २०८१ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast