प्रदर्शनमा ‘केटी हराएको सूचना’

हिमाल प्रेस ११ माघ २०८१ १२:५७ | Friday, January 24, 2025
प्रदर्शनमा ‘केटी हराएको सूचना’

काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ १२ (आज) देखि हलमा प्रदर्शन भइरहेको छ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा मधेशका युवक र पहाडकी युवतीबीच प्रेमयात्रा देखाइएको छ। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र गौचन हुन्। अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

फिल्म सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेललगायत कलाकारको अभिनय छ।

अमर महर्जनले छायांकन गरेको फिल्म निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: ११ माघ २०८१ १२:५७ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast