आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो?

हिमाल प्रेस ११ माघ २०८१ ११:३३ | Friday, January 24, 2025
आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।

प्रकाशित: ११ माघ २०८१ ११:३३ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast