राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ

हिमाल प्रेस १० माघ २०८१ २०:४६ | Thursday, January 23, 2025
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ

लुम्बिनी- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन्। उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दाबी गरे।

देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा सुरु भएको ९औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने बताए।

‘राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको हो,’ मन्त्री गुरुङले भने, ‘सुशासन कायम नगर्दासम्म देशको विकास हुन सक्दैन र कानुनी शासन कायम नहुदा समस्या बिकराल बन्दै जान्छ ।’

मन्त्री गुरुङले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत संशोधन गर्न खोजेको बताए। ‘राजनीतिक स्थिरता सहित संविधान रक्षाको लागि नेपाली काग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकार बनेको हो,’ उनले भने, ‘नागरिकले देखिने गरी सरकारले काम गर्न नसके पनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको छ।’

सोही अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औँल्याए।

देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै महोत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पुर्‍याउने बताए।६ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान प्रस्तुत गर्दै उनले करिब १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रकाशित: १० माघ २०८१ २०:४६ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast