‘जुना’ को गीत ‘आमाको मुहार’

हिमाल प्रेस १० माघ २०८१ १७:०९ | Thursday, January 23, 2025
‘जुना’ को गीत ‘आमाको मुहार’

काठमाडौँ- फिल्म ‘जुनाः एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक गरिएको छ। बाल विवाहपछि महिलाले परिवारबाट पाएको पीडादायी जीवन प्रस्तुत गरिएको गीतमा यदु राई लकान्द्रीको स्वर छ।

मुख्य भूमिकामा छिन् अस्मिता ढकाल। अस्मितासहित भिडियोमा फिल्मका कलाकार कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतको अभिनय छ। जीवन सेन्चुरीको शब्द रहेको गीतमा रमेश सन्चुरीले संगीत भरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ तथा संगीत संयोजन पनि रमेशले नै गरेका हुन्।

यही माघ २५ देखि प्रदर्शन हुने फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन्। फिल्मको कथा राजबहादुर सानेले लेखेका छन्। फिल्ममा बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ। फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्चको ब्यानरमा निर्माण भएको हो। पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेले लगानी छ।

प्रकाशित: १० माघ २०८१ १७:०९ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast