पाँच अंकले बढ्यो नेप्से

हिमाल प्रेस ८ माघ २०८१ १५:३८
4
SHARES
पाँच अंकले बढ्यो नेप्से

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ। २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो। आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्‍यो।

मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो। जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो। सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो। आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परे। यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ।

कुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ। आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो। जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीका सेयर राम्रो किनबेच भयो। यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ। नेप्से आजसहित लगातार तेस्रो दिन बढेको हो।

प्रकाशित: ८ माघ २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast