ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

हिमाल प्रेस ७ माघ २०८१ १९:०० | Monday, January 20, 2025
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार दिउँसो धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक चालक धरान उपमहानगरपालिका–८ बस्ने ४८ बर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ७ माघ २०८१ १९:०० | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast