दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

हिमाल प्रेस ७ माघ २०८१ १५:१९ | Monday, January 20, 2025
दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

झापा– मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा सोमबारसवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन घाइते भएका छन्।

मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए।

प्र १–०१–००१ ज ३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नम्बरको जिप एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्।

उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ। प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ माघ २०८१ १५:१९ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast