यू १९ महिला विश्वकप : नेपालले टस जितेर ब्याटिङ गर्ने

हिमाल प्रेस ७ माघ २०८१ १२:२४
10
SHARES
यू १९ महिला विश्वकप : नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौँ- यू १९ महिला विश्वकपमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन्। नेपाली टोलीमा २ परिवर्तन गरिएको छ।

बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका छन्। पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित: ७ माघ २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast