यू १९ महिला टी २० विश्वकप : ‘सुपर सिक्स’ लक्ष्य बोकेको नेपाली टिम स्कटल्याण्डसँग भिड्दै

हिमाल प्रेस ७ माघ २०८१ ७:०१ | Monday, January 20, 2025
यू १९ महिला टी २० विश्वकप : ‘सुपर सिक्स’ लक्ष्य बोकेको नेपाली टिम स्कटल्याण्डसँग भिड्दै

काठमाडौँ- आईसीसी यू १९ महिला टी २० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो।

नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू १९ स्तरमा स्कटल्याण्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्‍वकप खेलिसकेको स्कटल्याण्ड छनोटबाट आएको टिम हो। त्यसकारण नेपाल र स्कटल्याण्डको स्तर एउटै हुनेछ।

सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ। स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ। यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

प्रकाशित: ७ माघ २०८१ ७:०१ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast