प्रचण्डलाई शंकर पोखरेलको कटाक्ष : विपक्षी दलको नेता भएपछि घुर्की त लगाउनै पर्‍यो

हिमाल प्रेस ५ माघ २०८१ २०:५३ | Saturday, January 18, 2025
प्रचण्डलाई शंकर पोखरेलको कटाक्ष : विपक्षी दलको नेता भएपछि घुर्की त लगाउनै पर्‍यो एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू प्रधानमन्त्री छँदा हिउँदे अधिवेशन बोलाएको मिति बर्सिएको बताएका छन्। प्रचण्डप्रति कटाक्ष गर्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भएछ कि क्या हो, उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ,’ उनले भनेका छन्।

विपक्षी दलहरूको बैठक बोलाएर प्रचण्डले विशेष अधिवेशन बोलाउने घुर्की लगाएको पोखरेलको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्कीसमेत लगाउनु भएछ।’

विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा नगर्ने भन्दै उनले हेक्का राख्न सुझाव दिएका छन्।

‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै। तर पनि विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै प¥यो क्यारे! होइत त?’

प्रकाशित: ५ माघ २०८१ २०:५३ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast