उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

हिमाल प्रेस ५ माघ २०८१ १२:३४ | Saturday, January 18, 2025
उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

संखुवासभा- सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथांका सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ।

भोटखोला-३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथांका सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो। सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ।

प्रकाशित: ५ माघ २०८१ १२:३४ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast