यू १९ महिला टिमले आजबाट खेल्दैछ विश्वकप, बंगलादेशसँग भिड्ने

हिमाल प्रेस ५ माघ २०८१ ७:०२ | Saturday, January 18, 2025
यू १९ महिला टिमले आजबाट खेल्दैछ विश्वकप, बंगलादेशसँग भिड्ने

काठमाडौँ- यू १९ महिला टी २० विश्वकपमा आज नेपालले बंगलादेशविरुद्ध भिड्दैछ। यो खेल नेपाली महिला टिमका लागि ऐतिहासिक हो। यसअघि नेपाली महिला टिमले विश्वकप खेलेको छैन।

फेब्रुअरी २ सम्म मलेसियामा चल्ने यू १९ महिला टी २० विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। १६ टिमको सहभागिता रहने खेलमा नेपाल समूह डी मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्।

नेपालले बंगलादेशसँगको पहिलो खेल शनिबार दिउँसो सबा १२ बजे मलेसियाको बांगीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा खेल्दैछ। नेपालको कप्तानीमा पूजा महतो सम्हाल्दैछिन् भने बंगलादेशको कप्तानी सुमैया अख्तरले गर्दैछिन्।

प्रकाशित: ५ माघ २०८१ ७:०२ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast