बैंकको ऋण लिएर खुलेका व्यवसायी संस्था बन्द भए ‘खराब कर्जा’ मा नपर्ने

हिमाल प्रेस ३ माघ २०८१ १२:०४
14
SHARES
बैंकको ऋण लिएर खुलेका व्यवसायी संस्था बन्द भए ‘खराब कर्जा’ मा नपर्ने नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- ऋणको ब्याज र सावाँको किस्ता नियमितरूपमा तिरिरहेकै अवस्थामा व्यवसाय बन्द भएका व्यवसायीलाई ‘खराब कर्जा’ मा नपर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले हालै लागू गरेको नयाँ व्यवस्थाअनुसार ऋणको ब्याज तथा सावाँको तोकिएको किस्ता नियमित तिरिरहेकै अवस्थामा व्यवसाय बन्द भए त्यस्ता व्यवसायीको कर्जालाई ‘खराब कर्जा’ मा नपर्ने व्यवस्था लागू भएको छ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर २ मा यस्तो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।

कर्जा प्रवाह भई स्थापना भएको उद्योग/परियोजना/व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएतापनि पूर्वनिर्धारित व्यवस्था बमोजिम कर्जाको साँवा ब्याज नियमित रूपमा भुक्तानी भइरहेको उद्योग/परियोजना/व्यवसायमा बन्द भएकोमा त्यस्ता संस्थालाई तत्काल कालोसूचीमा राख्न नमिल्ने बैंकको नयाँ नियममा भनिएको छ।

विगतमा व्यक्तिले ऋण तिर्दा र बैंकलाई समेत तिर्छु भन्ने लागेको व्यवसायीलाई खराब वर्गमै रूपान्तरण गर्नुपर्ने बाध्यता थियो।

यो व्यवस्था गर्नुअघि यस्तो कर्जा खराब कर्जा अन्तर्गत समावेश हुन्थ्यो। यसको अर्थ व्यवसाय बन्द भएको अवस्थामा जतिसुकै असल ऋणीको कर्जा पनि स्वतः खराब वर्गमा रूपान्तरण हुन्थ्यो। कुनै व्यक्तिले ऋण तिर्दा र बैंकलाई समेत तिर्छु भन्ने लागेको व्यक्तिलाई पनि खराब वर्गमै रूपान्तरण गर्नुपर्ने बाध्यता थियो। यो अवस्थामा बैंकले ऋण दिए बराबरको सबै रकम प्रोभिजनिङ गर्नुपर्ने अवस्था थियो भने ऋणी समेत कालोसूचीमा पर्ने अवस्था थियो।

प्रकाशित: ३ माघ २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast