डलर उच्च मूल्यमा, यस्तो छ कोरियन वनको मूल्य

हिमाल प्रेस ३ माघ २०८१ ६:१३
6
SHARES
डलर उच्च मूल्यमा, यस्तो छ कोरियन वनको मूल्य

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। केही दिनदेखि लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्य आज घटेको छ। अमेरिकी डलरले हिजो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। त्यसअघिका दिन पनि अमेरिकी डलर दिनहुँ बढिरहेको थियो।

त्यसैगरी विगत केही दिनदेखि लगातार बढ्दै आएका कुवेती र बहराइन दिनार पनि आज थोरै सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिददर एक सय ४२ रुपैया १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४१ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा थियो।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

 

प्रकाशित: ३ माघ २०८१ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast