नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

हिमाल प्रेस २ माघ २०८१ १५:२४
6
SHARES
नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

बाँके– नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको समन्वय तथा आयोजनामा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्जमा प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक’ आयोजना गरिने जिल्लास्थित क्यान महासंघका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।

प्रादेशिक महोत्सव आयोजना गर्न जिल्लास्थित क्यान महासंघ र नेपालगञ्ज उद्योग वाणिज्य संघबीच सम्झौता भई इन्फोटेकका लागि आवश्यक तयारी भइरहेको छ।

नेपालगञ्ज र वरपरको क्षेत्रमा डिजिटल प्रवर्द्धन र प्रविधिको विकास गर्न, विभिन्न कार्यक्रम तथा परियोजना सफलताका लागि सहयोग गर्ने र प्रादेशिक महोत्सवमा समन्वय र सहकार्य गर्नेगरी सम्झौता भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए।

‘प्रादेशिक महोत्सवमा सूचना प्रविधिबारे जानकारी र सेवाको सहजता बनाउने उद्देश्य लिएर तयारी गरेका छौँ,’ उनले भने, ‘यो इन्फोटेकले प्रादेशमा प्रविधिको क्षेत्रमा सकारात्मक सुधार ल्याउने विश्वास गरेका छौँ।’

क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी सबै प्रकारका सेवा र जानकारीसहितका स्टल राखेर नेपालगञ्ज र वरपर डिजिटल प्रवर्द्धन र प्रविधिको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको क्यान बाँकेका सचिव रमेश बीसीले बताए।

प्रकाशित: २ माघ २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast