थप महँगियो डलर, जापानी येनको कति छ सटही दर?

हिमाल प्रेस २ माघ २०८१ ६:१६ | Wednesday, January 15, 2025
थप महँगियो डलर, जापानी येनको कति छ सटही दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। त्यसैगरी हिजो बढेका कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा छ। हिजो आज युरो एकको खरिदर एक सय ४० रुपैया ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा थियो।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ १० तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ८५ पैसा तय भएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित: २ माघ २०८१ ६:१६ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast