कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन : विपिन जोशी रिहाइका लागि पहल

हिमाल प्रेस १ माघ २०८१ १५:०७
12
SHARES
कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन : विपिन जोशी रिहाइका लागि पहल तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज बिन सालेह अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्। हामासले रिहा गर्न लागेको बन्दकको हालै प्रकाशित सूचीमा भने विपिनको नाम छैन।

इजरायल र हामासबीच युद्धविरामका लागि चलिरहेको वार्तामा सकारात्मक संकेत देखिएको भन्दै मन्त्री राणाले आज हुने वार्ताले बहुप्रतिक्षित युद्धविराम हुने विश्वास व्यक्त गरिन्।

‘हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु,’ टेलिफोन वार्तापछि राणाले फेसबुकमालेखेकी छिन्, ‘यसै अन्तर्गत आज कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँ। उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरूलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो। यसबाट थप आशावादी भएका छौँ।’

कतारका राज्यमन्त्रीले नेपालसँगको आफ्नो सम्बन्धलाई उच्च मूल्यांकन गरेको भन्दै उक्त वार्तामा विपिनको पनि कुरा राख्ने आश्वासन दिए।

प्रकाशित: १ माघ २०८१ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast