यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

हिमाल प्रेस २९ पुष २०८१ १७:१९ | Monday, January 13, 2025
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ– आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ। वेष्टइन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो।

मलेसियामा सोमबार भएको पहिलो अभ्यास खेलमा वेष्टइन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो। नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो।

नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए। बलिङतर्फ वेष्टइन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो। वेष्टइन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन्। यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन्।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन्।

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ। माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन्।

नेपालले माघ ५ गते बंगलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ।

प्रकाशित: २९ पुष २०८१ १७:१९ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast