सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

हिमाल प्रेस २९ पुष २०८१ १६:५० | Monday, January 13, 2025
सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध फाइल तस्बिर।

सोलुखुम्बू– सोलुखुम्बुमा हिमपात भएको छ। जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ।

हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ। सडक खुलाउन समय लाग्ने उनले बताए।

सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

माथिल्लो सोलुखुम्बुमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

प्रकाशित: २९ पुष २०८१ १६:५० | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast