आज हिमाली भेगमा हिमपात, तराईमा हुस्सु बाक्लिने, वर्षाको कस्तो छ सम्भावना?

हिमाल प्रेस २९ पुष २०८१ ६:३९ | Monday, January 13, 2025
आज हिमाली भेगमा हिमपात, तराईमा हुस्सु बाक्लिने, वर्षाको कस्तो छ सम्भावना? फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनुपर्ने छ।  मंगलबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: २९ पुष २०८१ ६:३९ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast