महेश संस्कृत गुरुकुलमा मकर काव्य यामिनीको २२ औँ शृंखला

हिमाल प्रेस २८ पुष २०८१ १२:४२
12
SHARES
महेश संस्कृत गुरुकुलमा मकर काव्य यामिनीको २२ औँ शृंखला

काठमाडौँ- तनहुँको देवघाटधाममा सोमबार मकर काव्य यामिनीको २२ औँ शृंखला हुने भएको छ। महेश संस्कृत गुरुकुलको महेश सभाकक्षमा हुने काव्य यामिनीका लागि सबै तयारी पूरा भएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रममा यसपटक कास्कीको लेखनाथ साहित्य प्रतिष्ठानको विशेष उपस्थिति रहनेछ। प्रतिष्ठानसँग आबद्ध स्रष्टाहरूले विशेष कविता वाचन गर्नेछन्।

साथै काव्य यामिनीमा चितवन, नवलपरासी, तनहुँ, काठमाडौँ उपत्यकासहितका कविकवयित्रीहरूले आफ्ना रचना वाचन गर्नेछन्। यसैगरी सदाझैँ काव्य यामिनीमा गुरुकुलका नवसर्जकहरूलाई विशेष प्राथमिकता दिइनेछ।

गुरुकुलले काव्य यामिनीमा उपस्थित भएर काव्यको आस्वादन गर्न र आफ्ना रचना वाचन गर्न इच्छुक सबैलाई आमन्त्रण गरेको छ। साँझ साढे ७ बजे सुरु हुने काव्य यामिनीको गुरुकुलको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। गुरुकुलले विगत २२ वर्षदेखि पुस मसान्तको साँझ काव्य यामिनी आयोजना गर्दै आएको छ।

प्रकाशित: २८ पुष २०८१ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast