क्यानले घरेलु मैदानमा खेलाउँदैछ महिला टी २० शृंखला

हिमाल प्रेस २८ पुष २०८१ ७:११ | Sunday, January 12, 2025
क्यानले घरेलु मैदानमा खेलाउँदैछ महिला टी २० शृंखला तस्बिरः एसीसी

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा त्रिदेशीय टी २० शृंखला खेल्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने शृंखलामा नेपालसहित नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

शृंखला माघ १७ गतेदखि २५ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। तीनै टोलीले डबल राउन्ड रोबिनको आधारमा लिग चरणमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

शृंखलाको खेल तालिकामा अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्यान्ड्ससँग हुनेछ । शृंखलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन्। लिग चरणको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टी २० आई शृंखला हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी २० आई शृंखला खेलेको थियो ।

शृंखलामा नेपाली टोलीको खेलतालिका

३० जनवरी अर्थात माघ १७ गते – नेदरल्यान्ड्ससँग
३१ जनवरी अर्थात माघ १८ गते – थाइल्यान्डसँग
२ फेब्रुअरी अर्थात माघ २० गते – नेदरल्यान्ड्ससँग
३ फेब्रुअरी अर्थात माघ २१ गते – थाइल्यान्डसँग
५ फेब्रुअरी अर्थात माघ २२ गते – नेदरल्यान्ड्ससँग
६ फेब्रुअरी अर्थात माघ २३ गते – थाइल्यान्डसँग

प्रकाशित: २८ पुष २०८१ ७:११ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast