मकवानपुरमा सवारी दुर्घटना : थप एकको मृत्यु, घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक

हिमाल प्रेस २८ पुष २०८१ ६:५८
20
SHARES
मकवानपुरमा सवारी दुर्घटना : थप एकको मृत्यु, घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक

काठमाडौँ- मकवानपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा घाइते अर्का एक यात्रुको पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको राप्ती नगरपालिका २ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार हेटौँडाबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौँडा आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार मकवानपुरको मनहरीमा ठोक्किएका हुन्।

दुर्घटनामा कार चालक हेटौँडाका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। दुर्घटनामा स्कार्पिओ र कारमा सबार १२ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कार्पिओ चालक रौतहटका किशन जैसवाल फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घाइते सबैलाई उपचारको लागि चितवनको भरतपुर लगिएको छ।

प्रकाशित: २८ पुष २०८१ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast