सहरमा आज : थिएटरमा तीन नाटक, ‘कार्साङ्’ सहित हलमा सात फिल्म

हिमाल प्रेस २७ पुष २०८१ ६:३२
48
SHARES
सहरमा आज : थिएटरमा तीन नाटक, ‘कार्साङ्’ सहित हलमा सात फिल्म

काठमाडौँ- आज पुसको अन्तिम शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता विभिन्न कथावस्तुमा आधारित तीन नाटक र हलमा सात फिल्म चलिरहेको छ।

हेरौं कस्तो फिल्म र नाटक चलिरहेको छ त?

कौसी थिएटरमा ‘महासत्व’
टेकुस्थित कौसी थिएटरमा पुस २५ देखि नाटक ‘महासत्व’ मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक चन्द्रमान मुनिकार हुन्।

नाटक पौराणिक कथामा आधारित महासत्वले प्राप्त गरेको बुद्धत्वसँग सम्बन्धित छ। महासत्वले सत्वप्राणीको उद्दार गर्न आफ्नो प्राणत्याग गरेको घटनाक्रमलाई नाटकमा प्रस्तुत गरिएको छ। नाटकको नाट्य रुपान्तरण इँगीहोपो कोँइच सुनुवारले गरेका छन्। नाटक माघ ५ सम्म चल्नेछ। नाटक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि छ।

नाटकमा कलाकार सुदनमान मुनिकार, संगीता थापा, युवाहाङ राई, स्मिृति श्रेष्ठ, विशाल पुलामी, खुसी सुनुवार, सचिन लामा, सुमित्रा पेहिम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेमचन्द पाण्डेको अभिनय छ।

थिएटर भिलेजमा ‘द स्ट्रङ्गर’
ललितपुरको थसिखेलस्थित थिएटर भिलेजमा नाटक ‘द स्ट्रिङ्गर’ म१चन भइरहेको छ। पुस २५ देखि सुरु भएको नाटक माघ १२ सम्म मञ्चन हुनेछ। नाटकका निर्देशक जुनु सुनुवार हुन्। निर्देशक सुनुवारकै परिकल्पनामा तयार भएको नाटका लेखक अगस्ट स्ट्राइन्डबर्ग हुन्। दुई पात्रमार्फत आत्मा र शरीरको कथा भन्ने नाटकले महिलाको विषयलाई उठाएको छ।

नाटक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। थिएटरकै प्रस्तुति रहेको नाटकमा निर्देशक सुनुवारसहित सरष्म राई, सन्जीव राई र बालाहाङ राईको अभिनय छ।

मण्डला नाटकघरमा ‘हरि हजुरबा’
थापागाउँस्थित मण्डला नाटकघरमा पुस ४ देखि नाटक ‘हरि हजुरबा’ मञ्चन भइरहेको छ। नाटकमा हुलाकी हरि र द्वन्द्वमा हराएकी नातिनी आउने आशामा बाँचिरहेका हजुरबाको कथा प्रस्तुत गरिएको छ।

नाटकका लेखक, परिकल्पनाकार तथा निर्देशक नाजिर हुसेन हुन्। निर्देशक नाजिरसहित नाटकमा विजय बराल, रिय्हुल्साङ् राई, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राज पाण्डे र रिसु राउतले अभिनय गरेका छन्। नाटक शनिबार दिउँसो १ बजे र साँझ ५ः३० बजे गरी दुई सो हुँदैछ। नाटक पुस २८ अर्थात् भोलिसम्म मञ्चन हुनेछ।

हलमा कुन कुन फिल्म?
कार्साङ्
यम शेर्पाको लेखन तथा निर्देशनमा फिल्म ‘कार्साङ्’ हलमा प्रदर्शन भैरहेको छ। पुस २६ देखि प्रदर्शन भएको फिल्म शेर्पा समुदायको संस्कार र मध्या वर्गीय परिवारको कथामा आधारित छ। फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर र आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा फिल्मको २० सो छ।

त्यस्तै बिग मुभिज, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल र सिटी सिनेमाजमा फिल्म ‘कार्साङ्’ चलिरहेको अन्य हल हुन्।

गेम चेञ्जर
बलिउड फिल्म ‘गेम चेञ्जर’ पुस २६ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। एक्सनप्रधान जनरामा बनेको फिल्ममा राभ चरण, कियारा आडवाणी, अञ्जली, समुचिरानी, ब्रम्हानन्दम्लगायत कलाकारको अभिनय छ। राजनैतिक विषयवस्तुमा आधारित फिल्मका निर्देशक एस शंकर हुन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, बिम मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको २९ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाज र अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।

बेबी जोन
पुस १० देखि नेपालमा बलिउड फिल्म ‘बेबी जोन’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको छ। कलीसले निर्देशन गरेको फिल्ममा वरुण धवन, कीर्ति सुरेश, वामिका गब्बी,ज्याकी श्रापलगायत कलाकारको अभिनय छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिएसआर मुभिज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

मुफासाः द लायन किङ
हलिउड फिल्म ‘मुफासाः द लायन किङ’ पुस ५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बेरी जेनकिन्स हुन्। एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा आरोन पियारे, केल्विन ह्यारिसन जूनियर, सेथ रोजेन मुख्य भूमिकामा छन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको १० सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स मा फिल्म प्रदर्शन भइरहेको छ।

पुष्पा २: द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स र सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

तेल भिसा
गत मंसिर ७ देखि हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको दुई ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’प्रदर्शन भइरहेको छ। फिल्मले हलमा ५१ दिन मनाइसकेको छ। फिल्मले करिब ५० करोड ग्रस कलेक्सन गरिसकेको टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिएसआर मुभिज, सिटी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: २७ पुष २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast