काठमाडौँ- ठमेलकाे ‘एलओडी (लर्ड अफ ड्रिङ्स)’ क्लब ‘डिजे म्याग टप सय’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनोट गर्ने ‘डिजे म्याग टप सय’ सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुनः परेको हो।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्छ। डिजे म्याग टप सयको नोमिनेसनमा पर्नुले क्लबीङ व्यवसायलाई थप जिम्मेवार बनाउन प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए। व्यवसायबाट राष्ट्र पनि जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ।
टप सय क्लबको सूचीमा पर्न एलओडीले भोटिङ खुलाएको छ। भोट पनि अभियान सुरु भइसकेको निर्देशक कुँवरले जानकारी दिए। कुँवरकाअनुसार यसअघि विश्वको उत्कृष्ट क्लब मध्ये ‘एलओडी’ सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ मा ५० औँ स्थानमा परिसकेको छ।