रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

हिमाल प्रेस २६ पुष २०८१ १०:०१ | Friday, January 10, 2025
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौँ- रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको छ। साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीबार मलोर्कालाई ३-० गाेलले हराउँदै रियल फाइनल पुगेको हो।

रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। बेलिंघनले ६३ औं मिनेटमा गोलको खाता खोलेका थिए।

इन्ज्युरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोलमा रियलको अन्तर दोब्बर भयो। रोड्रिगोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल‌ गरे।

रियलले आइतबार बार्सिलोनासँग फाइनल खेल्नेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले उपाधि नजिक पुगेको थियो।

प्रकाशित: २६ पुष २०८१ १०:०१ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast