ब्राजिलियन स्टार भिनिसियस रियल म्याड्रिडमै रहने, गरे नयाँ सम्झौता

हिमाल प्रेस २२ साउन २०८३ ७:३४ | Friday, August 7, 2026
10
SHARES
ब्राजिलियन स्टार भिनिसियस रियल म्याड्रिडमै रहने, गरे नयाँ सम्झौता

ब्राजिलियन स्टार भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग सन् २०३२ सम्म रहने गरी नयाँ ६ वर्षे सम्झौता गरेका छन्।

२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि अन्तिम १२ महिनामा पुगेको थियो। पछिल्ला केही सातायता उनीमाथि आर्सनलको पनि चासो रहेको चर्चा चलेको थियो। तर रियल म्याड्रिडले बिहीबार दुवै पक्षबीच नयाँ सम्झौता भएको पुष्टि गर्दै उनी क्लबमै रहने जनाएको छ।

नयाँ सम्झौतापछि भिनिसियसले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्,‘बर्नाबेउमा बिताएका आठ वर्ष निकै छोटा लागे। अब थप ६ वर्ष, अनि त्यसपछि सधैंका लागि।’

रियल म्याड्रिडले पनि विज्ञप्तिमार्फत भिनिसियसलाई क्लबको सफल इतिहासको सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक भएको उल्लेख गर्दै उनको योगदानको प्रशंसा गरेको छ।

प्रकाशित: २२ साउन २०८३ ७:३४ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast