भारतको तिरूपति मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

हिमाल प्रेस २४ पुष २०८१ १९:१०
6
SHARES
भारतको तिरूपति मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु तिरूपति मन्दिर

काठमाडौँ- भारतको आन्ध्र प्रदेशस्थित तिरूपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ। दर्शनका लागि टोकन लिने क्रममा भागदौड मच्चिएको हो।
घटनामा कैयौँ श्रद्धालु घाइते भएका अधिकारीहरूले बताएका छन्।

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री बेंकटेश्वर स्वामी (तिरूपति) मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठूलो भीड जम्मा भएको बेला एकाएक भागदौड मच्चिएको थियो।

‘हजारौँ श्रद्धालु भेला भएको मन्दिर परिसरमा भएको यो दुर्भाग्यपूर्ण घटनामा ६ जना भक्तजनको ज्यान गएको छ। दिवंगत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,’ राज्यको सत्तारुढ तेलुगुदेशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले भनेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा सन्देश जारी गरेर भनेको छ,‘यस दुखद घडीमा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आफन्तप्रति समवेदना व्यक्त गर्दछु।’

आन्ध्र प्रदेशस्थित तिरूपति मन्दिरमा भारतका साथै अन्य मुलुकबाट समेत गरी दैनिक हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्। २४ औँ घण्टा खुला रहने यो मन्दिरमा मासिक लाखौँ श्रद्धालु पुग्ने गरेको बताइन्छ।

भारतका प्रमुख धार्मिक स्थलहरूमा भीडभाड व्यवस्थान र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा दुर्घटनाहरू हुने गरेका छन्।

गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो।

सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतिसबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २४ पुष २०८१ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast