मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

हिमाल प्रेस १६ पुष २०७९ १०:२८ | Saturday, December 31, 2022
मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु फाइल तस्बिर

संखुवासभा- संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ। पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।

उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते संखुवासभामा गरिसकेका छन्।

हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताउनुभयो । उहाँले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए।

‘स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ’, उजले भने। इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए।

प्रकाशित: १६ पुष २०७९ १०:२८ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast