‘कुस्ती’ नामक फिल्म बन्दै

हिमाल प्रेस १५ पुष २०८१ १६:३३ | Monday, December 30, 2024
‘कुस्ती’ नामक फिल्म बन्दै

काठमाडौँ-  ‘कुस्ती’ नामक फिल्म बन्ने भएको छ। मुख्य कलाकारको तस्बिरसहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। तस्बिरमा अभिनेत्री मिरुना मगर र अभिनेता धीरज मगरलाई देख्न सकिन्छ।

फिल्म अनिल योञ्जनले निर्देशन गर्नेछन्। अनिलकै कथा रहेको फिल्म प्रेम कथामा आधारित रहने उनले बताएका छन्।  निर्देशक याेञ्जनसहित कलाकार बुद्धि तामाङले फिल्म निर्माण गर्न लागेका हुन्। आगामी वर्ष २०८२  भदौमा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ।

प्रकाशित: १५ पुष २०८१ १६:३३ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast