१८ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै

हिमाल प्रेस १५ पुष २०८१ १६:३७
10
SHARES
१८ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमईले विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको हो।

ग्लोबल आइएमई बैंक पुस १८ गतेदेखि स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ।

१८ औँ वार्षिकोत्सवको अवसरमा प्रत्येक प्रदेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।

सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपायलगायतका विषयमा जानकारी गराइने छ।
ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आइरहेको छ।

यसैबीच वार्षिकोत्सवको अवसर पारेर बैंकले सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ।

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि बैंकले सातवटै प्रदेशका मुख्य सहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो।

काठमाडौँमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयबढी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे।

साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

प्रकाशित: १५ पुष २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast