यशस्वीलाई आउट दिने ‘थर्ड अम्पायर’ को निर्णय विवादमा

हिमाल प्रेस १५ पुष २०८१ १६:०४ | Monday, December 30, 2024
यशस्वीलाई आउट दिने ‘थर्ड अम्पायर’ को निर्णय विवादमा

काठमाडौँ- मेलबर्न टेस्ट क्रिकेटमा भारतीय ओपनर यशस्वी जयसवाललाई आउट दिने अम्पायरको निर्णय विवादमा परेको छ।

भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) का उपाध्यक्ष राजिव शुक्लाले तेस्रो अम्पायरको निर्णयमाथि प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘यशस्वी जयसवाल पूरै नटआउट थिए। प्रविधिले के सुझाव दिइरहेको छ त्यसतर्फ थर्ड अम्पायरले ध्यान दिनुपर्ने थियो। निर्णय गर्दा थर्ड अम्पायरसँग ठोस कारण हुनुपर्छ।’

अस्ट्रेलियाका कप्तान पैट कमिन्सको बलमा विकेटकिपरले क्याच समाएका थिए। अस्ट्रेलियाका फिल्डरहरूले अपिल गरे पनि फिल्ड अम्पायरले जयसवाललाई आउट दिएनन्।

त्यसपछि कप्तान कमिन्सले डीआरएस लिए। थर्ड अम्पायरले जयसवाललाई आउट दिए। उनी ८४ रन बनाएर आउट भए। थर्ड अम्पायरको यो निर्णयमाथि विवाद सुरू भएको छ।

प्रकाशित: १५ पुष २०८१ १६:०४ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast