आगामी योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै भीम रावल

हिमाल प्रेस १५ पुष २०८१ १४:४२ | Monday, December 30, 2024
आगामी योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै भीम रावल भीम रावल

काठमाडौँ- नेकपा (एमाले)बाट निष्काशन भएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्। आगामी आफ्नो योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेको उनले बताएका हुन्।

‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागी सम्पुर्ण संचारकर्मी एवं शुभेच्छुक र जिज्ञासुहरुलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछु’ उनले भनेका छन्। पत्रकार सम्मेलन बुधबार कार्की व्यांक्वेटमा हुने बताइएको छ।

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका रावलको संगठित सदस्यतासमेत खारेज गरेको थियो।

प्रकाशित: १५ पुष २०८१ १४:४२ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast