बोर्डर–गावास्कर टेस्ट : नितिश रेड्डीको सतकीय इनिङले खेलमा भारतको पुनरागमन

हिमाल प्रेस १३ पुष २०८१ १६:०२ | Saturday, December 28, 2024
बोर्डर–गावास्कर टेस्ट : नितिश रेड्डीको सतकीय इनिङले खेलमा भारतको पुनरागमन भारतीय क्रिकेटर नितिश रेड्डी

काठमाडौँ- अस्ट्रेलियाको मेलबर्नमा जारी बोर्डर–गावास्कर ट्रफीको चौथो टेस्टमा नितिश रेड्डीको सतकीय इनिङको मद्तले भारतले पुनरागमन गरेको छ। ओपनर र मध्यक्रमका ब्याटरहरूको फितलो प्रदर्शनका कारण कठिनाइमा परेको भारतीय टिमलाई नितिशले म्याचमा पुनरागमन गराइदिएका हुन्।

चौथो टेस्टको तेस्रो दिन भारतले ९ विकेट गुमाएर ३५४ रन बनाएको छ। टिमलाई यो स्कोरसम्म पुर्‍याउन नितिश र वासिंगटन सुन्दरले महत्वपूर्ण भूमिका खेलेका छन्।

नितिशले १७६ बलको सामना गरेर १०५ रन बनाएका छन्। उनले १० चौका र एक छक्का प्रहार गरेका छन्। त्यस्तै वासिंगटनले १६२ बल खेलेर ५० रन जोडेका छन्। तेस्रो दिनको खेल सकिँदासम्म दुवै जना नटआउट छन्।

यसअघि यशस्वी जयसवाल (८२) र विराट कोहली (३६) रनबाहेक भारतका अन्य ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ४७४ रन पछ्याउने क्रममा ‘फलोअन’ पाउने सम्भावना बढेको बेला नितिश र वासिंगटनबीच भएको सतकीय साझेदारीले भारत पुनः खेलमा फर्किएको छ।

भारतीय इनिङलाई हेर्ने हो भने उसले २२१ रन जोड्न सात विकेट गुमाइसकेको थियो। तर, आठौँ विकेटका लागि नितिश र वासिंगटनले सतकीय साझेदारी गरे।

मेलबर्न क्रिकेट मैदानको ऐतिहासिक स्टेडियममा नितिशले शतक पूरा गरेर ब्याट उचालेर अभिवादन गरेसँगै उनका बुबा मुत्याला रेड्डी भावुक भएका थिए। नितिशको यो डेब्यू टेस्ट श्रृंखला हो।

भारत अस्ट्रेलियाभन्दा ११६ रनमात्रै पछाडि रहेकोले दोस्रो इनिङमा अस्ट्रेलियाले ब्याटिङ गर्नैपर्ने देखिएको छ।

पाँच टेस्ट म्याचको श्रृंखलामा भारत र अस्ट्रेलियाले १–१ म्याच जितेका छन्।

प्रकाशित: १३ पुष २०८१ १६:०२ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast