तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज

हिमाल प्रेस १२ पुष २०८१ ११:४३ | Friday, December 27, 2024
तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ। मोर्डन रेमिट्यान्स, भाटभटेनी मनी ट्रान्सफर र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले खारेज गरेका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरिएको छ। कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। यी रेमिट्यान्स कम्पनीबाट कसैले आर्थिक कारोवार र वैदेशिक रोजगारीबाट पैसा नपठाउने बैंकले सूचित गराएको छ।

प्रकाशित: १२ पुष २०८१ ११:४३ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast